देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पन्ध्र दिनमा एकपटक धारामा पानी !

देशान्तर

पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको अभाव बढेपछि ट्याङ्करको पानी प्रयोग गर्न बाध्य भएका छन् । 

खानेपानीको मुहान सुकेपछि तानसेनमा पानीको हाहाकार सिर्जना भएपछि ट्याङ्करबाट पानी किनेर प्रयोग गर्दै आएका हुन् । 

मुहान सुकेपछि १५ दिनमा एकपटक धारामा खानेपानी आउने गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले यसवर्ष ट्याङ्करको पानी प्रतिलिटर एक रुपैयाँमा खरिद गर्न बाध्य भएका हुन् । 

सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढेपछि पानीे खरिद गरेर नै उपयोग गरेको स्थानीयवासीको भनाइ छ । 

तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको अभाव रहेको छ । तानसेन उपभोक्ता समितिले अहिले पाँच लाख लिटरमात्र आपूर्ति गरिरहेको छ । पानीको जोहो गर्न नसक्दा उपभोक्ता समिति यतिबेला समस्यामा परेको छ । 

यो वर्ष पानीको मुहान सुकेपछि ग्रामीण भेगमा समेत ट्याङ्करको पानी प्रतिलिटर दुई रुपियाँमा किनेर प्रयोग गरेको स्थानियहरुले बताएका छन् । 

मुहानमै पानी सुके पनि जडित सबै पम्पबाट पानी आउन सक्ने अवस्था नरहेको र अहिले सातवटा पम्पबाट मात्र पानी आइरहेको तानसेन उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताए ।  

]]>