काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गरेका छन् ।
पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहेको सभापति देउवाका निजी सचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय दलमा अझै उपनेता, प्रमुख सचेतक, सचेतक, कोषाध्यक्ष र सचिव नियुक्त गर्न बाँकी छ ।
]]>
प्रतिक्रिया