देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्र सेनानीको निधनमा काँग्रेसको समवेदना

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले दुईजना प्रजातन्त्र सेनानीको निधनप्रति दुःख व्यक्त गरेको छ । चितवन निवासी प्रजातन्त्र सेनानीद्वय ८७ वर्षीय उमाभद्र खनाल र ८५ वर्षीय खेलानाथ पौडेलको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको हो । 

खनाल नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्का पनि सक्रिय योद्धा थिए ।  उनले २००६ साल पुस ६ गतेको हलो क्रान्ति र विसं २००७ को प्रजातन्त्र स्थापनाको आन्दोलनमा पनि सक्रिय भूमिका खेलेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । खनालले पटक–पटक गरी तीन वर्ष जेल जीवनसमेत बिताएका थिए   । उनका दुई छोरा र एक छोरी छन् । 

अर्का दिवङ्गत प्रजातन्त्र सेनानी पौडेल २००७ सालको क्रान्तिमा सहभागी भएका काँग्रेसले जनाएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।  खनालको जेठ १६ गते र पौडेलको जेठ १७ गते निधन भएको मुख्यसचिव पौडेलले बताए । 

]]>