देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपति चीन र उपप्रधानमन्त्री भारत जाँदै

देशान्तर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण आजबाट सुरु हुँदै छ ।  भने उपप्रधानमन्त्री कमल थापा आजै भारतको भ्रमणमा जाँदैछन् । उपराष्ट्रपति पुन आज १ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् । चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिमा मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक, पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।  उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उनी चीनको साता व्यापी भ्रमण सकेर आगामी २ असारमा स्वदेश र्फकने छन् ।

त्यस्तै  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्। दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उनले राजनीतिक भेटसमेत गर्ने जनाइएको छ। उनको भारत भ्रमण तीन दिनको हुनेछ। नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा गर्न लागेको थापाको यो चौथो भारत भ्रमण हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन। मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ।

]]>