देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी कार्यालयको वास्तुदोष पन्छाउँदै देउवा

देशान्तर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन सकिएको तीन महिना नाघिसक्दा पनि खास कार्यकक्षमा प्रवेश गरेका छैनन्। फागुन २४ गते सभापति निर्वाचित भएलगत्तै उनी आफू पहिले बस्दै आएकै कोठातिर लागे। त्यसका सोफा, कार्पेट, कुर्सी, टेबल, फेर्न लगाए।

तर सभापतिको कार्यकक्षमा पसेनन्।  कारण, उनलार्इ वास्तुशास्त्रीले सजग गराएका थिए– ‘पूर्व सभापतिहरु बस्दै आएको कक्ष वास्तुदृष्टिले अशुभ छ। दक्षिण पूर्वी कोषको कोठाले तनाब दिन्छ। त्यसैले दक्षिण पश्चिम कोणमा बस्नुस्, समाज हाँक्ने शक्ति मिल्छ।’ यो परामर्श लगत्तै  देउवाले सानेपास्थित पार्टी कार्यालयलाई वास्तुशास्त्र अनुकूल बनाउन अघि सरे।

सभापतिको कार्यकक्ष मात्र होइन, बैठक कक्षको सजावटसमेत फेर्न निर्देशन दिए। पार्टी कार्यलयमा अब लगभग वास्तुदोष हटाइसकियो। देउवा चाँडै शुभ साइतमा सभापति कक्ष प्रवेश गर्ने तयारीमा छन्। नागरिक दैनिकमा समाचार छ। 

]]>