देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता आउने

देशान्तर

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ। लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए।  परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए।

एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ। पहिलो लेटरग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो परीक्षा ऐतिहासिक हुने भएको छ।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 
 

]]>