देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दर्शकको मन जित्दै गायक कुमार

देशान्तर

काठमाडौं । नेपाली संगीतिक क्षेत्रमा चम्कने आशमा धेरै नवकलाकारको प्रवेश हुन्छ तर थोरै मात्र दर्शक/श्रौतको मन जितेर आफ्नो सपना पुरा गर्न सक्षम हुन्छन् । तीनै प्रतिभाशाली गायकको सुचीमा पर्छन, कुमार लामा । उनको पहिलो गीत “गाउँको मैलैमा…’ नै हिट भयो, त्यो पनि विना भिडियो । पहिलो कोसेली नै श्रौतामाझ प्रिय बनेपछि कुमारको हौसला बढ्यो, ‘रिम्झिम बर्षातको बेला…’ त्यसकै परिणाम हो । यो गीत युट्युबमा हेर्नेको संख्या हजारौं पुगेको छ भने यसले कुमारको व्यस्तता पनि बढायो । संगीतको औपचारिक शिक्षा लिएकाले पनि अगाडी बढ्न सजिलो भएको उनले बताए । आरआर क्याम्पसबाट संगीतमा स्नातक गरेका छन् यी गायकले । 

यतिबेला चाही कुमार अर्को गीत ‘अधुरो लाग्छ…’बाट चर्चा कमाइरहेका छन् । फरक स्वादको सिर्जना भएकाले यो दर्शकले औधी रुचाइरहेका छन्, जसले कुमारलाई सांगीतक आकाशमा चम्कन थप प्रेरणा दिएको छ । उसो त उनी मिठो स्वरको धनीमात्र होइन्, म्युजिक एरेन्ज र कम्पोजमा पनि उत्तिकै पोख्त छन् । आखिर संगीतका औपचारिक अध्ययन गरेका सर्जक न परे । नेपाली मात्र होइन्। दर्जनौ नेवारी गीतमा पनि उनले स्वर दिएका छन् । संगीत दिएका नेवारी गीतको संख्या पनि बढी छ । 

स्यमम्भुमा जन्मिएका कुमारको संगीतप्रतिको मोह बाल्यकालबाटै पलाएको हो । आठ कक्षा पढ्दाबाटै उनी गाउन थालिसकेका थिए, त्यतिबेला पनि उनी घरै अभ्यास गर्थे । जबकी सुरुवाती दिनमा संगीतमा अगाडी बढ्न उनलाई परिवारको साथ थिएन तर संगीत प्रतिको उनको लगाव र सफलताले आज परिवार पनि खुशी छन् । त्यसैले पनि कुमारलाई दिलोज्यान दिएर संगीतमा अगाडी बढ्न सजिलो भएको छ । उनले गाएको गोपाल योञ्जनको ‘नेपाली नेपालको माया छ की छैन…’को कभर पनि उत्तिकै लोकप्रिय भइरहेको छ । कुमारले खुशी हुदै सुनाए, “मेरा हरेक गीत अडियन्सले मन पराउनु भएको छ । जसले मलाई संगीतबाट टाढा हुनै दिदैन । त्यसैले आगामी दिनमा सक्दो मिठो गीत पस्कने प्रयास गर्नेछु ।”

]]>