देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाललाई ईयूले कालोसूचीबाट हटाएन

देशान्तर

काठमाडौं । नेपालमा हवाइ सुरक्षाको जोखिम कायम रहेको भन्दै युरोपियन युनियनले कालो सूचीमा राख्ने निर्णयको यस वर्ष पनि निरन्तरता दिएको छ । नेपालले अन्तर्राष्ट्रिय हवाइ उड्यान संगठन आईकाओको सुरक्षा सम्बन्धी मापदण्ड पुरा गर्न नसकेको तथा पछिल्ला वर्षमा भएका २ ठूला दुर्घटनाका कारण देखाउँदै ईयुले कालो सूचीलाई निरन्तरता दिएको छ ।

बेल्जियमको ब्रसेल्समा गत महिना सम्पन्न ईयुअन्तर्गतको उड्यान आयोग बैठकले नेपालका १८ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा निरन्तरता दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।  

बैठकपछि ढिलो गरि जारी गरिएको विज्ञप्तीमा नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्ने निर्णय यथावत राखिएको उल्लेख छ । ईयूले सन् २०१३ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ । आजको कारोबार दैनिकमा समाचर छ ।

]]>