काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उहाँहरुकै घरमा पु¥याउन सरकारको ध्यानकर्षण गराएका छन् ।
उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।
त्यस्तै समय लिएर बोल्ने सांसदहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दू्रत गतिमा वितरण गर्नसमेत माग गरेका थिए ।
]]>
प्रतिक्रिया