देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा मानव अधिकार उल्लङ्घनका घटना

देशान्तर

भक्तपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भक्तपुरले विगत ६ महिनामा भक्तपुरमा भएका मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक गरेको छ ।  मङ्गलबार मानव अधिकार उल्लङ्घनका घटनाको ६ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै इन्सेक भक्तपुरका प्रतिनिधि सविना केसीले विगत ६ महिनाको अवधिमा भक्तपुरमा १ सय २० वटा मानव अधिकार उल्लङ्घनका घटना घटेको बताए ।

सन् २०१६ जनवरीदेखि जुन महिनासम्ममा जिल्लामा गैरराज्य पक्षबाट तीनजनाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, पाँच महिला र तीन बालिका गरी आठजनामाथि बलात्कार भएको तथा ६ बालिका र एकजना महिलामाथि बलात्कारको प्रयास एवम् यौन दुव्र्यवहार भएको केसीले बताए । त्यसैगरी, बहुविवाहको घटनामा दुई, मानवबेचबिखन तथा ओसारपसार घटनामा एक महिला पीडित भएको र घरेलु हिंसामा ९६ वटा घटना घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानवबेचबिखन लगायतका घटना जिल्लामा भएको तथ्याङ्कले देखाएको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी दिने क्रम बढेको बताउँदै मानिसको चेतनामा वृद्धि भएको बताए ।

त्यस अवसरमा महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले अझै पनि ग्रामीण क्षेत्रका बासिन्दालाई मानव अधिकार उल्लङ्घनका घटनामा उजुरी दिनुपर्छ भन्ने जानकारी नहुँदा धेरै घटना कानुनी दायरामा आउन नसकेको बताइन् । नेपाल पत्रकार महासङ्घका सहसचिव दीपक लामिछाने, इन्सेकका पूर्वप्रतिनिधि रोशन अर्याल लगायतले मानव अधिकारका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने बताए । 

]]>