देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना संक्रमणका कारण वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचारत ६८ वर्षिय पुरुषको कोरोना सङ्क्रमणबाट बुधवार बिहान पौने एघार बजे मृत्यु भएको हो ।

मुटु रोगबाट ग्रसित स्थानीय एक निजी अस्पतालमा उपचार गराई रहेका ती बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी साउन ८ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका ६८ वर्षीय ती पुरुषको बुधवार उपचारको क्रममा निधन भएको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए । मृतक पुरुष बिरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी निवासी रहेको संयोजक डा.सिंहले जानकारी दिएका छन् । मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाईएको छ ।

त्यस्तै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपाचारका क्रममा रहेका उमेर र ठेगाना नखुलेका व्यक्तिको पनि कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेले जानकारी दिएका छन् । कोरोना संक्रमणका कारण बुधवार ज्यान गुमाएका दुई जनासँगै पर्सामा हालसम्म एक भारतीयसहित १० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।