देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तकोशीमा पानीको बहाव उच्च: ५६ मध्ये ३२ ढोका मात्रै भारतले खोल्यो

देशान्तर

सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ ।

बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताउनुभयो ।

पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ वटा मात्र ढोका खोलेको छ । सप्तकोसीमा मंगलवार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार एकसय क्युसेक पुगेको थियो ।

सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोसी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले स्थानीयलाई आग्रह गरेको छ ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछी उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ ।

सप्तकोशीमा खतराको रातो बत्ती बालिएको छ भने ब्यारेजको दुबै तर्फ २ वटा रातो झण्डा समेत फहराइएको छ ।