देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्याग्रहमा रहेकी समाइरा श्रेष्ठ अस्पताल भर्ना

देशान्तर

काठमाडौं । सत्याग्रहमा रहेकी ‘इनफ इज इनफ’ अभियानमा आबद्ध समाइरा श्रेष्ठको स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । समाइराको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

सरकारले पिसिआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्नेलगायतका माग राख्दै ‘इनफ इज इनफ’मा आबद्ध दुई युवा ले यसअघि पनि १२ दिनसम्म अनशनमा बसेका थिए ।

पहिलोपटक अनशन बसेका ‘ई’ दोस्रोपटक पनि बसेका छन् । यसपटक ईलाई समाइराले साथ दिएकी थिइन् । उनीहरु अनशन बसेको ११ दिन पुगिसकेको छ ।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोडेका उनीहरू १२ दिन बित्दा समेत सरकारले यसमा चासो नदेखाएको भन्दै पुनः अनशनमा बसेका हुन् ।