० १ - ४१०२५७३ / ७४


‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार १५:०१   देशान्तर

काठमाडौं । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्।

उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्। पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुव्र्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन्। तीन वर्ष यता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बरले बढ्दै गएको छ।

‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन्। उनीहरूले आफ्नो जीवनसमेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ’, उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ। यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्‍याउन जरुरी छ।’ काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ।

सम्बन्ध बिग्रेपछि गडबड

अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत दुःख दिनेमा नातेदार र चिनेजानेकै बढी छन्। महाशाखामा पुग्ने अधिकांश किशोरी र युवती विगतमा निकट सम्बन्ध भएका र आफन्तबाटै पीडित हुन्छन्। सम्बन्धमा रहँदा खिचिएका फोटो र भिडियो सम्बन्ध अन्त्य भएपछि ब्ल्याकमेल गर्ने औजार भएका छन्। कतिले पोर्न साइटमै भिडियो अपलोड गरिदिन्छन्।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares