काठमाडौं । दक्ष कर्मचारी र आधुनिक प्रविधि नहुँदा पटक–पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन चुक्ने गरेको छ ।
विमानस्थलमा पासपोर्ट र भिसाको गहन अनुसन्धान नभएको आरोप लाग्ने गरेको छ । नक्कली पासपोर्ट बोकेर आउने विदेशी सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट र भिसासमेत पहिचान गर्न नसकेका घटना दोहोरिरहेका छन् ।
अन्य देशमा पुगेर फर्काइएपछि मात्र उनीहरूले नक्कली पासपोर्ट भएको थाहा पाउने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
]]>
प्रतिक्रिया