काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पितृशोक परेको छ । उनका पिता लालबहादुर केसीको गएराती उपचारका क्रममा ९८ बर्षको उमेरमा ओम अस्पताल चावहीलमा निधन भएको हो ।
फोक्सोमा समस्या देखिएपछि ५ दिन अगाडि ओम अस्पतालमा भर्ना गरिएको थियो । केसीका श्रीमति, ५ छोरा र ६ छोरी छ । कांग्रेस नेता केसी माइलो छोरा हुन् ।
उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।
]]>
प्रतिक्रिया