काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएका कोइराला आज घर फर्किएका हुन् । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो । एकाएक अस्वस्थ भएका सशांक कोइरालालाई ओम अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।
केहि दिन उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य क्रमिक सुधार भएकाले आज डिस्चार्ज गरिएको हो । महामन्त्री कोइरालाले साधारण खानपान आफै गर्न थालेको र उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा. जोशीले बताए ।
महामन्त्री कोेइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । चेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
]]>
प्रतिक्रिया