देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ३४ औं वीपी स्मृति दिवस

देशान्तर

काठमाडौ । आज ३४ औं औ वीपी स्मृति दिवस । आज देशभर  विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेसले आज जननायक विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । नेपालमा रहेको एकतन्त्रीय जहानिया राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्न नेता बीपी कोइरालाले जनक्रान्तिको थालनी गरेका थिए । उनकै नेतृत्वमा जनक्रान्ति सफल भई विसं २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्रको स्थापना भएको थियो । २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि नेता कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका  थिए ।

तत्कालीन राजा महेन्द्रले वि सं २०१७ सालमा संसदीय व्यवस्था विघटन गरी पंचायती व्यवस्था स्थापना गरे लगत्तै बीपी जेल परेका थिए  । त्यसको केही वर्षेपछि उनी निर्वासनमा जाएको थिए । भारत निर्वासनपछि नेता बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका विभिन्न मोडमा उनले  अनुसरण गरेको नीति र प्रदान गरेको नेतृत्वबारे चर्चा गरी बीपी स्मृति दिवस मनाउने गरिन्छ । उनले प्रतिपादन गरेको नेपाली कांग्रेसको आदर्श प्रजातान्त्रिक समाजवाद अहिले पनि नेपाली कांग्रेसले अंगीकार गरिरहेको छ । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संगठनहरुले आज देशभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।

]]>