देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकाउन्टिङ सफ्टवेयर ‘मार्ग’ अब नेपालमा पनि

देशान्तर

काठमाडौं । लेखा प्रणाली व्यवस्थित गर्नका लागि नेपालमा अन्तराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरुमा माझ आएको छ । भारतीय कम्पनी कम्पुसफ्टद्वारा निर्मित अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर नेपालीहरु माझ आएको छ ।

भारतीय कम्पनी कम्पुसफ्टद्धारा निर्मित मार्ग एकाउन्टिङ सफ्टवेयर बिहिबारदेखि नेपाली प्रयोगकर्ताहरुका माझमा आएको हो । नेपाली कम्पनीहरु तपेश्वरी टेक सोलुसन प्रालि र नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजले नेपाली बजारमा यो सफ्टवेयर भित्र्याएका हुन् ।

यो सफ्टवेयरका अन्तराष्ट्रिय बजारमा ९० लाख भन्दा बढि प्रयोगकर्ता रहेका छन् साथै यसको ८ सय भन्दा बढि विक्रि केन्द्र रहेको नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजका अध्यक्ष संजिव गुप्ताले जनकारी दिए ।

यो सफ्टवेयरले गहना खरिद विक्रिको व्यवस्थापन, लेखा प्रणालीको वयवस्थापन, धितो कारोबारको व्यवस्थापन, बार कोर्डको विलिङ गर्न सकिने तथा डिजिटल वारेन्टीका साथै डिजिटल ग्राहक कार्ड प्रयोग गर्न सकिने छ ।

मार्गको एकाउन्टीङ सफ्टवेयरबाट नेपालमा भ्याटमा कारोवार गर्नेहरुले सुविधा पाउने छन् । मार्गको एकाउन्टीङ सफ्टवेयरले आन्तरिक राजस्व विभागबाट अनुमति लिने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ ।