देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर

देशान्तर

काठमाडौं । यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ए प्लस भने नेपाली विषयमा ल्याएका छन्। नेपालीमा ६३ जनाले मात्र ए प्लस ल्याएका छन्। ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन्। डी ल्याउने ४३ हजार ६ सय ३३ जना छन्।

ई ग्रेड ल्याउने २३ हजार ४६ छन्। नेपालीमा ४ लाख ३७ हजार १ सय ३३ परीक्षार्थी सहभागी थिए।  उता, अंग्रेजी भाषमा ए प्लस ल्याउनेको संख्या तुलनात्मकरुपमा निकै बढी छ। अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले डी र ७१ हजार १ सय २४ले इ ग्रेड ल्याएका छन्।

पाठ्यक्रम विकास केन्द्रमा ७ वर्षसम्म कक्षा ९ र १० को नेपाली विषय समिति सदस्यका रुपमा काम गरेको प्रा.डा. दयाराम श्रेष्ठ विद्यार्थी नेपाली भाषामा कमजोर हुनुको दोष अंग्रेजी माध्यमबाट सञ्चालित निजी स्कुललाई दिन्छन्। नागरिक दैनिकमा समाचार छ। 

]]>