देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं विश्वविद्यालयमा अख्तियारको हस्तक्षेपबारे छानबिन गर्न उपसमिति गठन

देशान्तर

काठमाडौं ।  अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालयको मेडिकल प्रवेश परीक्षामा हस्तक्षेप गरेको विषयमा छानविन गर्न सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ । व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिको मंगलबार बसेको बैठकले अख्तियार र केयूकोे बयान बाझिएको भन्दै सत्य तथ्य पत्ता लगाउन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी, पदमलाल चौधरी र मिलनकुमारी राजवंशी रहेका छन् । अख्तियार र काठमाडौं विश्वबिद्यालयबाट  प्राप्त बयानलाई केलाएर प्रतिवेदन बुझाउन उपसमितिलाई १० दिनको समय दिइएको छ ।

काठमाडौं विश्वबिद्यालयका विषयमा अख्तियारलाई लागेको आरोपबारे जानकारी दिन सुशासन समितिले मंगलबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित सबै आयुक्तहरुलाई बोलाएको थियो । तर, कार्की अस्वस्थताको कारण देखाउँदै बैठकमा अनुपस्थित भएनन् ।

]]>