देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समुन्द्रको पिँधमा पर्खाल बनाएमा हिमनदी पग्लिन रोकिने वैज्ञानिकहरुको दाबी

देशान्तर

काठमाडौं । हिमनदी (ग्लेसियर)हरु पग्लिने क्रम रोक्नको लागि वैज्ञानिकहरुले नयाँ तरिका पत्ता लगाएका छन । उनीहरुले समुन्द्र मुनि धातुको पर्खाल बनाएमा ग्लेसियरहरुको पग्लिने दर निक्कै कम गर्न सकिने बताएका छन् । यसबाट एकातर्फ समुन्द्रको जलस्तर बढ्न कमी गराउनेछ र तटीय सहरहरुको डुबानको खतरा कम हुनेछ ।

क्रायोस्फियर जर्नलमा प्रकाशित युरोपली जियोसाइन्स युनियनको रिपोर्ट अनुसार समुन्द्रमा बनेको पर्खालले ग्लेसियरको नजिक न्यानो पानी पुग्न दिँदैन । यस्तो गर्न सकेमा ग्लेसियरको हिउँ पग्लेर समुन्द्रमा जाने क्रम रोक्न सकिन्छ ।

रिपोर्ट लेख्ने प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक माइकल वोलोविक र फिनल्याण्ड विश्वविद्यालयको जोन मूरले यो जलवायु परिवर्तन रोक्नको लागि अल्पकालिन योजना मात्र हुने बताएका छन् । उनीहरुले जलवायु परिवर्तनको दीर्घकालिन समाधानको लागि केही अर्को विकल्प सोच्नुपर्ने बताए ।

वैज्ञानिकहरुका अनुसार भविष्यमा थ्वाइट्स पूर्ण रुपमा पग्लिए मात्रै पनि सम्पूर्ण समुन्द्रको जलस्तर बढ्न सक्छ । आजको अवस्था नियन्त्रण नहुने हो भने सन् २१०० सम्म समुन्द्रको जलस्तर सात फीटसम्म बढ्नसक्ने अनुमान गरिएको छ ।