देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवन उपयोगी शिक्षामा राष्ट्रपतिको जोड

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्तिको भरपुर उपयोग गर्न सरकारलाई सुझाव दिएकी छिन् ।राष्ट्रपति भण्डारीले सन् २०२२ भित्र मुलकलाई विकासशील राष्ट्र र सन् २०३० भित्र मध्यय आय भएको मुलुक बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न राज्यका सबै निकायलाई सक्रिय हुन पनि आह्वान गरिन् ।

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले आधारभूत शिक्षालाई अनिवार्य, माध्यामिक शिक्षालाई निःशुल्क र उच्च शिक्षालाई सर्लशुलभ बनाएर जीवन उपयोगी शिक्षाको उचित प्रबन्ध गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन् ।

राष्ट्रपति भण्डारीले शिक्षाको गुणस्तरमा सुधार ल्याउन समाजका रहेक तहले अठोट, समन्वय र निरन्तर प्रयास गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । उनले श्रम बजारमा विकाउ हुनेगरी उच्च शैक्षिक जनशक्ति निर्माणका लागि प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिन पनि सम्वद्ध सबै पक्षसँग आग्रह गरिन् ।

समारोहमा राष्ट्रपति भण्डारीले विद्यावारिधि  गरेका विद्यार्थीहरुलाई नेपाल विद्याभुषण पदक र उच्च शिक्षा हासिक गरेका छात्राहरुलाई नेपाल छात्रा विद्यापदकद्धारा विभूषित गरेकी थिइन् ।