देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसकी भट्ट दीगो विकास तथा सुशासन समितिको सभापतिमा निर्वाचित

देशान्तर

काठमाडौं – राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी तारादेवी भट्ट निर्विरोध निर्वाचित भएकीछन ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले भट्टलाई निर्विरोध सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएलगत्तै उनलाई राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

सपथग्रहण समारोहमा राष्ट्रियसभाका सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी संसदीय दलका नेता दिनानाथ शर्मा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सचेतक सरिता प्रसाईँ, समितिका सदस्यहरु सहभागी भएका थिए। यस अघि नै राष्ट्रिय सभाका अन्य समितिहरुमा भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसदहरु सभापतिमा चयन भएका थिए ।