झापा । झापाको काँकडभिट्टाबाट१२ लाख ८० हजार भारतीय रुपैयाँसहित सोमबार बिहान एक नेपाली युवा पक्राउ परेका छन् ।
पूर्वी नाका गेटमा झोलामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक्सरे मेसिनबाट चेकको क्रममा ललितपुरका ३२ वर्षीय रविन्द्र बज्राचार्यको साथबाट त्यो रकम बरामद गरेको हो ।
शङ्का लागेर चेक गर्दा उनको साथबाट भारतीय नोट ५०,१००,२०० का नोट सहित ठूलो मात्रमा रकम बरामद गरिएको सशत्र प्रहरी बल गुल्म काँकडभिट्टाका डीएसपी राजेश घिमिरेले जानकारी दिए ।
बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको घिमिरेले बताउए ।
प्रतिक्रिया