काठमाडौं। पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् ।
विम्स्टेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै महतले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको महतले जिकीर गरे ।
काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाइदा लिन नसकेको उनको भनाई छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए ।
फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रीय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले जानकारी दिए ।
प्रतिक्रिया