काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–१ डुम्रेमा स्थापना गरिएको छ ।
डुम्रे शाखाको एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक समारोहबीच उद्घाटन गरेका छन् । बैंकका देशभर २ सय ४१ शाखा, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ्ग इकाइ रहेका छन् ।
बैंकको वासलातको आकार १ सय ८३ अर्बभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ५५ अर्ब तथा कर्जा १ सय २७ अर्ब पुगेको निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा पहिचान बनेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाख १९ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
प्रतिक्रिया