देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय फुटबल टिम आईतबार बंगलादेश जाने

देशान्तर

काठमाडौं । राष्ट्रिय फुटबल टोली दक्षिण एसियाली फुटबल प्रतियोगितामा सहभागिता जनाउन आगामी आईतबार बंगलादेश जाने भएको छ ।

साफको १२ औ संस्करणमा सहभागिता जनाउन २८ सदस्यीय नेपाली टोली आगामी आईतबार बंगलादेश प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फा प्रवक्ता किरण राईले नेपाली टिम आईतबार बिहान १० बजे ढाका प्रस्थान गर्ने बताएका छन् । ‘करिब २८ सदस्यीय टोली उड्ने तयारी छ । व्यवस्थापक सहितको बिषयमा चाँडै टुङ्गै लाग्छ ।’ उनले भने ।

दक्षिण एसियाली फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा सुरु हुदैछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भुटान, इन्डिया, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल आयोजक बंगलादेश समावेश समुह एमा परेको छ । सोही समुहमा पाकिस्तान र भुटान समेत रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसंग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ६ मा भुटान र ८ मा बंगलादेशसंग खेल्नेछ ।

समुहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।

नेपाली टोली –

गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने

डिफेन्समा : दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापा मगर, हेमन गुरुङm विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट