देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुलीमा डोजर दुर्घटनामा परी दुईजनाको मृत्यु

देशान्तर

काठमाण्डौ । कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहाले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ ।