देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमाभित्र रहेर कर लिन कांग्रेस जनप्रतिनिधिलाई देवाउको निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई सीमाभित्र रहेर कम लगाउन निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उप्रमुखको भेलालाई सम्बोधन गर्दैै सभापति शेरबहादुर देवाउले जनतालाई असर पर्ने गरी कर निर्धारण गर्न निर्देशन दिएका हुन् ।

स्थानीय तहले जथाभावी कर लगाएको विरोध भएपछि कांग्रेसले आफ्नातर्फबाट स्थानीय तहमा चुनियका प्रमुख उपप्रमुखलाई बोलाएर जनताको मत जित्ने गरी काम गर्न निर्देशन दिएको हो । सरकारले स्वतन्त्र न्यायपालिका, प्रेसमाथि आक्रमण गरेको आरोप लगाए । सोमबार दिनभर चल्ने कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले आउँदो चुनाव जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

भेलामा आफूले जितेका स्थानीय तहको समग्र काम कारबाहीबारे मूल्यांकन हुने कांग्रेसले जनाएको छ ।  कांग्रेसले सात सय ५३ स्थानीय तहमध्ये दुई सय ७४ मा प्रमुख र दुई सय ४५ तहमा उपप्रमुख जितेको छ ।