काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करका विषयमा छलफल शुरु गरेको छ । कांग्रेसले देशभरका नगर प्रमुख र उपप्रमुखसँग छलफल शुरु गरेको हो । कर वृद्धिको विषयलाई लिएर नागरिकले विरोध जनाएपछि कांग्रेसले पार्टीको तर्फबाट विजयी भएका नगर प्रमुख र उपप्रमुखसँग सोमबारबाट छलफल शुरु गरेको हो ।
बढेको कर कति न्यायोचित छ, जनभावना अनुरुप कार्य भैरहेको छ कि छैन, स्थानीय पार्टी र स्थानीय तहको नेतृत्वबीच कतिको समन्वय छ जस्ता विषयमा कांग्रेसले नगर प्रमुख र उपप्रमुखसँग छलफल गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । छलफलका लागि बोइएको भेलाको उद्घाटनशत्रमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिती थियो ।
सभापति देउवाले छलफलले पार्टीलाई थप उर्जा मिल्ने र सुझाव अनुसार कांग्रेस अगाडी बढ्ने बताएका छन् । कांग्रेसको तर्फबाट नगर प्रमुख र उपप्रमुख पदमा १ सय ९१ जना निर्वाचित भएका छन् ।
प्रतिक्रिया