देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियामा फेरि नयाँ प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । अस्ट्रेलियामा स्कट मरिसन नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । राजनीतिक स्थिरताले गरिब देशलाई मात्र गाँज्दछ भन्ने मान्यतालाई विस्थापित गर्दै इटली र जापानको पदचापलाई पच्छ्याउने पछिल्लो विकसित देश बनको छ, अस्ट्रेलिया ।

अस्ट्रेलियामा यो रोगको भाइरस भने पहिलो पटक अस्ट्रेलियन लेवर पार्टीका प्रधानमन्त्री केविन रङलाई सन् २०१० मा विस्थापित गरेकाे बेलादेखि प्रवेश गरेको हो । त्यो राजनीतिक भाइरसले सत्तासिन लिवरल पार्टीलाई नराम्रोसँग सताएको छ ।

निवर्तमान प्रधानमन्त्री माल्कम ट्नवुललाई पार्टी नेतृत्वमा अविश्वाससहित चुनौति भएपछि विधान अनुसार उनले नयाँ नेतृत्व चयनका लागि आव्हान गरेका थिए । चयन प्रक्रियामा निर्वतमान वित्त क्षेत्रका मन्त्री स्कट मरिसन ४५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी पिटर डन्टनले ४० मत प्राप्त गरेका थिए ।

११ वर्षयता मरिसन अस्ट्रेलियाको छैठौ प्रधानमन्त्री बन्ने तयारीमा छन् । अस्ट्रेलियाको संविधान अनुसार उनी अब छिट्टै प्रधानमन्त्री नियुक्ति हुनेछन् ।