काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या हिंसाजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई सरकारले संरक्षण दिएको आरोप लगाएको छ ।
बिहीबार संसद् बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण दिएको आरोप लगाएका हुन् ।
कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषी भनेर अर्कौ व्यक्ति उभ्याउने काम गरेको प्रतिपक्ष सांसदहरुको दावी गरेका छन ।
बैठकमा कांग्रेस सांसद बैठकमा सांसद मिना पाण्डेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन ।
सांसद रंगमति शाहीले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दा सरकारले दमन गेको गुनासो गरिन् ।
प्रतिक्रिया