देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मस्यौदा तयार पार्न ३ सदस्यीय उपसमिति गठन

देशान्तर

काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ ।

समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले समितिको आफ्नै कार्य्विधिको मस्यौदा तयार पार्न कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहने गरी ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिको कार्य्विधिको मस्यौदा तयार पार्न ३ सदस्यीय उपसमिति गठन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उपसमितिलाई ५ दिन भित्र कार्यविधिको मस्यौदा तयार पारी समितिमा पेश गर्ने आदेश दिइएको छ ।बैठकमा समितिका सदस्यहरुले कार्य्विधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

समितिका सदस्य एवम् पूर्व सभामुख सुवाष नेम्वाङले कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने भएकाले समितिले कार्य्विधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।