काठमाडौं।सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरेका छन ।
अध्यक्ष दाहालले राज्यले उद्योगी व्यवसायीहरुलाई ठगीको जस्तो व्यवहार गर्न नहुने बताएका छन । अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
बिहीबार काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएसन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुने गरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने बताए ।
प्रतिक्रिया