देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायधीश र अख्तियार प्रमुख छान्न संवैधानिक परिषद्को बैठक बस्दै

देशान्तर

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषदको बैठक बस्न सकेको थिएन ।

अघिल्लो साता परिषदको बैठक बोलाइए पनि विपक्षी दलको नेता शेरबहादुर देउवा उपचारका लागि विदेश गएका कारण वैठक स्थगीत भएको थियो । संवैधानिक परिषदको बैठक बिहिवार दिउँसो ४ बजे बस्नेछ ।

भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एकको नाम सिफारिस हुनेछ । न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ ।

उता अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् । हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, बरिष्ठ अधिवक्ता युवराज संग्रौला र पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन ।

गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान रहेको छ ।