काठमाडौं । कलंकीको अण्डरपास सञ्चालन भएको एक साता पछि निर्माण गर्न बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको छ ।
बुधबार बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीका प्रहरी निरीक्षक विमल थापाले जनाकारी दिए ।
एक साता अघि परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन लाग्ने भएकाले अण्डर पास बन्द गर्नुपरेको निरीक्षक थापाले बताए ।
आयोजनाले एक सातापछि पुन अण्डरपास सञ्चालन हुने जनाएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुन सुरुभएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रतिक्रिया