काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहारले संघीयता विरोधी देखिएको आरोप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।
मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरेका छन ।
झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरेका छन ।
संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले बनाए ।
प्रतिक्रिया