काठमाडौं । देश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि प्रदेश २ ले पनि बहर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।
प्रतिक्रिया