देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले प्रमुख निर्वाचन आयुक्तलाई विभूषण नदिने

देशान्तर

 काठमाडौं । सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण नदिने भएको छ ।गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख गरे थियो ।

२०७५ साउन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो । विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ ।