काठमाडौं । आफ्नै कोठामा मृत फेला परेका पूर्वराजदूत केशव झाको हत्याको आशंकामा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार झाको टाउकोमा चक्कुले हानेको अवस्थामा शव फेला परेको थियो । झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानकै क्रममा उहाको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । उनी फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए ।
प्रतिक्रिया