काठमाडौं । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको मृत्युभएको छ ।आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकले लागेर मृत्युभएको हो ।
एक थान भरुवा बन्दुकसहित तामाङको शव मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा रहेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । मृतक हस्तबहादुर जंगलमा सिकार खेल्न गएका थिए ।
उनीसँगै भाई रत्नबहादुर तामाङ र छिमेकी कृष्णबहादुर तामाङ पनि सँगै गएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया