काठमाडौं । अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमका दाहिने हात मानिने जमिर मोतीलाई लण्डनमा पक्राउ गरिएको छ ।
लण्डन पुलिसले मोतीलाई हिल्टन होटलबाट पक्राउ गरेर अदालतसामू पेश गरेको छ ।
बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका अन्य देशमा दाउदको डी कम्पनीको कारोबार हेर्ने जबिरलाई पक्राउ गर्न भारतले लण्डनलाई अपिलसमेत गरेको थियो ।
जबिरमाथि लागुऔषध तस्करी, फिरौती र अन्य आपराधिक घटनामा संलग्न भएको आरोप छ ।चारिंग क्रस पुलिसले जबिरको पाकिस्तानी पासपोर्ट जफत गरेको छ ।
प्रतिक्रिया