काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन । शनिबार प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताए ।
उनले भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताए । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको बताए ।
प्रधानमन्त्री ओलीले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरेका छन ।
यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ हजार घर बनाउने योजना रहेको बताउनुभयो ।
जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ ।
प्रतिक्रिया