देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

देशान्तर

काठमाडौँ । मालीका राष्ट्रपतिमा इब्राहिम बाउबाकर फेरि निर्वाचित भएका छन् । उनी भारी मत अन्तरले राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । विदेशी पर्यवेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ वर्षीय केइटाले ६७ दशमलव १७ प्रतिशत मत पाएका छन् ।

आइतबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२ दशमलव ८३ प्रतिशत मत ल्याएका छन् । सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गर्नुभएका ६८ वर्षीय सिसेले त्यसबेला ३४दशमलव ५ प्रतिशत मत पाएका थिए। भूपरिवेष्ठित मुलुक मालीमा करिब २० प्रकारका आदीवासीको बसोबास छ । उनीहरूबीचमा द्वन्द्वपनि हुँदै आएको छ ।

द्वन्द्वमा यस वर्ष पनि धेरै मारिएका छन् । विपक्षीले निर्वाचनका बेला द्वन्द्वलाई नै मुख्य मुद्दा बनाएका थिए । निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीको दावी छ । – एएफपी