देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीले गरे तीन घोषणा

देशान्तर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पाँचौँ पटक लालकिल्लामा भारतीय झण्डा फहराएका छन ।७२औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन कार्यक्रमपछि मोदीले लालकिल्लाको मञ्चबाट भाषणका क्रममा मोदीले तीन नयाँ कार्यक्रमको घोषणा गरेका छन् ।

पहिलो घोषणामा मोदीले सन् २०२२ को स्वतन्त्रताको ७५औं वर्षगाँठमा भारतले अन्तरिक्षमा मानवसहितको अभियान पठाउने बताए ।

दोस्रो घोषणमा सशस्त्र बलहरूमा रहेका महिलाहरूलाई पुरुषको बराबर स्थायी कमिसन दिइने कार्यक्रम छ ।
तेस्रो घोषणामा १० करोड गरिब भारतीय परिवारहरूलाई पाँच लाख भारुसम्मको निःशुल्क स्वास्थ बिमा दिने कार्यक्रम थियो । यो कार्यक्रम डिसेम्बर २५ बाट आयुष्मान भारत योजना सुरु हुनेछ ।

भाषणका क्रममा मोदीले आफ्नो सरकारको उपलब्धिहरूकै बयान गरेका थिए यस क्रममा उनले आफ्नो सरकारले गरेको कार्यहरू जीएसटीदेखि लिएर भान्सामा प्रयोग हुने ग्यास, गाउँमा बिजुली, शौचालय र कालो धनजस्ता मुद्दाबारे बोलेका थिए ।