देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७२औं स्वतन्त्रता दिवस मनाउँदै भारत ‘खुशीयालीमा नेपाललाई ३० एम्बुलेन्स र छ वटा बस उपहार’

देशान्तर

काठमाडौं। छिमेकि राष्ट्र भारतले आज ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँ दिल्लीमा रहेको लालकिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उहाँले राजघाटमा भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिमा पुष्प अपर्ण गर्नुभएको छ ।

लालकिल्लामा आयोजना हुने समारोहमा प्रधानमन्त्री मोदीले भारतलाई भ्रष्टाचार मुक्त शासन र गरिब, किसान तथा पिछडिएको वर्गको हितमा ध्यानमा राखेर बनाइएको नीतिमा केन्द्रित भएर सम्बोधन गर्नुहुनेछ ।

यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति कोविन्दले महात्मा गान्धीलाई स्मरण गर्दै हिंसाको तुलनामा अहिंसाको शक्ति कैयौं गुणा ठूलो हुने भएकाले भारतमा पनि गान्धीले दिनुभएको शिक्षाबाट सबैले ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।

नेपाललाई ३० एम्बुलेन्स र ६ वटा बस सहयोग

भारतले नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

लैनचौरस्थित दूतावासमा आज आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।

समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।