देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्तिबिना विकास सम्भव छैन– शान्तिमन्त्री

देशान्तर

पर्सा । शान्ति तथा पुनःर्निमाणमन्त्री सीतादेवी यादवले दिगो शान्ति नभएसम्म राष्ट्रको विकास हुन नसकिने बताएकी छिन् । 

नेपाली काँग्रेस वीरगन्ज नगर कार्यसमितिले आज आयोजना गरेको “बडादसैं, तिहार तथा छठ पर्व” को शुभकानमा आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास लागि पहिलो शर्त नै शान्ति र विभेद्रहित समाज रहेकाले मुलुकमा रहेका सबै खाले विभेद्लाई अन्त्य गरी समतामूलक समाज निर्माणका गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। 

नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले संविधान संशोधन गरी मधेसीको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सबै दलको सहयोगमा चाँडै संविधान संशोधन भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरिन् । 

पार्टीका नेता कार्यकर्ताले राखेको जिज्ञासाको जवाफमा उनले जिल्ला अधिवेशन नभएका जिल्लामा देखिएको समस्याप्रति पार्टी नेतृत्व अवगत रहेको र चाँडै पार्टीको केन्द्रीय समितिमा छलफल गरी पर्सा लगायतका जिल्लाको अधिवेशन गराउन पहल गर्ने बताइन् । 

नेपाली काँग्रेस नगर कार्यसमिति वीरगन्जका अध्यक्ष भोला साह कलवारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेसका पूर्व सभासद्हरु अजयकुमार द्विवेदी, ओमप्रकाश शर्मा, र रामेश्वर रौनियार, पार्टीका जिल्ला सचिव अशोक जयसवाल लगायतले चाँडो भन्दा चाँडो संविधान संशोधन गरी मधेसीको मागलाई संविधानमा समावेश गर्न माग गरेका थिए ।

]]>