देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा विषयगत समितिको सभापति चयन भदौ ३ गते

देशान्तर

काठमाडौं । राष्ट्रियसभा अन्तरगतका चारवटा विषयगत समितिको सभापति भदौ ३ गते हुने भएको छ । मंगलबारको राष्ट्रियसभा बैठकबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ३ गते बिहान ११ बजे सभापति चयन हुने जानकारी दिएका हुन् ।

राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति रहेका छन् । चारवटै समितिमा सत्ता रुढ नेकपाको बहुमत छ ।

प्रतिनिधिसभाले पनि भदौ ५ गते समितिको सभापति चयन हुने सूचना प्रकाशित गरेको छ ।