देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हत्याका अभियुक्त राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

देशान्तर

महोत्तरी – प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन् ।

२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो ।

सोही मुद्दाका फरार अभियुक्त शर्माले आज आत्मसमर्पण गरेका हुन्। उनले आफ्ना कानुन व्यावसायी रमेश कुमार पाण्डे मार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन् ।

उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफु अदालत समक्ष उपस्थित भएको बताएका छन् ।